नेपाली कथानक चलचित्र ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ।
परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रमा दुई अभिनेत्री सुरक्षा पन्त र बेनिशा हमालले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
सुरक्षा र बेनिशाका साथमा ‘प्रेमगन्ज’मा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी लगायतका कलाकारले पनि अभिनय गरेका छन्।
अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको कथा निर्देशक शेनले नै लेखेका हुन्।
अन्य चलचित्र निर्माताले आफ्नो कन्टेन्टमा कपिराइट लगाउँछन्। ‘प्रेमगन्ज’ युनिटले भने कपिराइट फ्रि गराएको छ।
चलचित्र निर्माण टिमले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई समाजिक सञ्जाल प्रयोगकर्तालाई क्रमशः २५ हजार, १४ हजार र १० हजार रुपैयाँ पुरस्कार समेत दिने जनाएको छ।
चलचित्र युनिटले यो प्रचारको नयाँ शैली अपनाएको हो। सञ्जाल प्रयोगकर्ताले साउन २५ गतेसम्म बनाएका भिडियोलाई मात्रै पुरस्कार प्रदान गरिने फिल्म युनिटले जनाएको छ।
यो चलचित्र आगामी भदौ ३ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको छ।
भिडिओ-
Shares

प्रतिक्रिया