कला


दुर्गेश थापालाई तनहुँ अदालतले बोलायो

दुर्गेश थापालाई तनहुँ अदालतले बोलायो

फाइल फोटो


नेपालखबर
बैशाख ५, २०७९ सोमबार १८:३२, काठमाडौँ

नाबालिग गायिकामाथि अभिनेता पल शाहले बलात्कार गरेको घटनाका एकजना साक्षी भनिएका गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ।

आइतवारदेखि पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरुसहितसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ।

यस्तोमा पीडित भनिएकी नाबालगि गायिकाको पक्षमा उभिएका गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो। 

अदालतले बकपत्रका लागि बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागेका छन्। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad