कला


अब शो संख्या उपलब्ध गराउनुअघि चलचित्र विकास बोर्डमा अनुमति लिनुपर्ने

अब शो संख्या उपलब्ध गराउनुअघि चलचित्र विकास बोर्डमा अनुमति लिनुपर्ने

नेपालखबर
बैशाख ७, २०७९ बुधबार १३:२, काठमाडौँ

कुनैपनि चलचित्रलाई शो संख्या उपलब्ध गराउनुअघि चलचित्र विकास बोर्डमा अनुमति लिनुपर्ने भएको छ।

मंगलबार काठमाडौं उपत्यकाका सबै प्रदर्शक, वितरक र निर्मातालाई कार्यालयमा बोलाएर बोर्डले शो संख्या र टिकट दर कायम गर्दा अनुमति दिन भनेको हो। 

बोर्ड अध्यक्ष दयाराम दाहालले सबैलाई हलको रियल टाइम डाटा उपलब्ध गराउन पनि निर्देशन दिएको जानकारी दिए।

नियमविपरीत दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर-२’ मध्यरातमा समेत चलाएको तथा टिकट दर पनि आफू खुशी कायम गरेको गुनासो आएपछि बोर्डले यस्तो निर्देशन दिएको हो। 

छलफलका क्रममा निर्माता तथा प्रदर्शकले चौबीसै घण्टा शो उपलब्ध गराउने नियम बनाउन आग्रह गरेका छन्।

बोर्डले नियम नमान्ने र आफूखुसी अघि बढ्ने हललाई बन्द गराउने समेतको चेतावनी दिएको छ। 

विदेशी फिल्मलाई प्राथमिकता दिएको गुनासो बढिरहेका बेला बोर्डले अबदेखि नेपाली फिल्मलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ।

दर्शक उपलब्ध भएको खण्डमा चौबीसै घण्टा शो उपलब्ध गराउने बारे पनि छलफल हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad