कला


‘ए मेरो हजुर ४’ले ७ दिनमा कमायो ४ करोड

‘ए मेरो हजुर ४’ले ७ दिनमा कमायो ४ करोड

नेपालखबर
बैशाख ११, २०७९ आइतबार १२:३, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ले एक साताको कमाई सार्वजनिक गरेको छ। चलचित्रले एक सातामा ४ करोड रुपैयाँमा ग्रस कलेक्सन गरेको छ। 

नयाँ वर्षको अवसर पारेर गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले एक सातामा चार करोड ग्रस कलेक्सन गरेको निर्माता सुनिल कुमार थापाले बताए। 

चलचित्र अहिले पनि हलमा पहिलो हप्ताको जस्तै उत्साहजनक दर्शकका साथमा प्रदर्शन भैरहेको सुनिलको दाबी छ। कोरोनापछि नेपाली फिल्म राम्रोसँग नचलिरहेको अवस्थामा आफ्नो चलचित्रले गरेको कलेक्सन राम्रो भएको सुनिलको प्रतिक्रिया छ। 

यो चलचित्र साउथको प्रतीक्षित चलचित्र ‘केजीएफ २’सँगै प्रदर्शन भएको थियो। ‘ए मेरो हजुर ४’ सँगै प्रदर्शन भएको ‘केजीएफ’ले भने ग्रस कलेक्सन सार्वजनिक गरेको छैन्। ‘केजीएफ २’को कलेक्सन फिल्म हलबाट उत्रिएपछि मात्रै सार्वजनिक गर्ने तयारी रहेको वितरक मनोज राठीले बताए। 

झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर ४’मा सुहाना थापा र अनमोल केसीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad