कला


यस वर्षको हरितारा चलचित्र पुरस्कार मिथिला शर्मालाई

यस वर्षको हरितारा चलचित्र पुरस्कार मिथिला शर्मालाई

नेपालखबर
बैशाख ११, २०७९ आइतबार २१:५४, काठमाडौँ

यस वर्षको हरितारा चलचित्र पुरस्कार वरिष्ठ अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिने भएको छ।

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो।

२०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष स्थापना गरि यो पुरस्कारको सुरुवात गरिएको थियो। 

चार दशक लामो समय नेपाली चलचित्र उद्योगमा बिताएकी शर्मालाई उनको योगदानको कदर गर्दै यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गर्न लागिएको आयोजकले जनाएकाे छ।

शर्माले चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रङ्गमञ्चमा विशेष योगदान दिएकी छिन्। 

यस्तै, यस वर्षको हरितारा चलचित्र पुरस्कार वरिष्ठ रङ्ग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ।

तीन दशक भन्दा लामो समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृती, चलचित्र क्षेत्रको प्रवद्र्धन र पेशाकर्मीको उत्थानमा गरेको योगदान स्वरुप गिरीलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो। 

पुरस्कार जेठको दोस्रो हप्ता वितरण गरिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad