कला


कोरोनापछि पहिलोपटक प्लाटिनममा गुञ्जिँदै कालीप्रसाद

कोरोनापछि पहिलोपटक प्लाटिनममा गुञ्जिँदै कालीप्रसाद

नेपालखबर
बैशाख १२, २०७९ सोमबार १०:३, काठमाडौँ

संगीतकार कालीप्रसाद बाँस्कोटा यही वैशाख ३१ गते अर्थात मे १४ मा दरबारमार्गको क्लब प्लाटिनममा गुञ्जिने भएका छन् ।

‘कालीप्रसाद बासकोटा लाइभ’ नाम दिइएको कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो ।

पीभीई नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिनेछन् ।

कार्यक्रममा अन्य कलाकारको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ ।

कालीका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुति हुनेछ । उनले गाएका गीतहरु ‘जालमा’, ‘निर’, ‘साली मन पर्‍यो’लगायत लोकप्रिय छन् । 

काली केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायकसमेत हुन् । यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad