नेपाली सिने उद्योगमा निर्माता छविराज ओझालाई ‘बाघ निर्माता’का रुपमा चिनिन्छ।
सिनेमाका बाघ निर्माता केही समयदेखि सुस्ताएका छन्। छविकी कान्छी पत्नी शिल्पा पोख्रेलले अदालतमा पारपाचुके मुद्दा दायर गरेपछि सुस्ताएका छविले फिल्म निर्माण गरेका छैनन्।
शिल्पाले मुद्दासँगै उनको सम्पती रोक्का गरिदिएकी छिन्। यी दुईको पारपाचुके मुद्दा अहिले पनि चलिरहेको छ।
मुद्दा किनारा नलागे पनि छवि पुनः फिल्म निर्माणमा कमब्याक गर्ने तयारीमा छन्।
चलचित्र ‘मंगलम’ बनाएपछि चुपचाप बसेका छवि नयाँ फिल्मको लागि कथामा काम गरिरहेका छन्। उनी नयाँ फिल्मका लागि नयाँ कलाकारको खोजीमा लागेका छन्। छविले ५ वटा चलचित्र बनाउने तयारीमा रहेको बताएका छन्।
उनले भने ‘छविराज ओझा चुपचाप बस्ने मान्छे होइन।’
नयाँ फिल्मका लागि गीत रेकर्ड गराइरहेका छवि चाँडै छायांकनमा निस्कने तयारी भैरहेको बताउँछन्। उनी नयाँ टिमसँग काम गर्ने तयारीमा छन्।
Shares

प्रतिक्रिया