साउथ फिल्म ‘केजीएफ–२’ले लगातार बक्स अफिसको रेकर्ड ब्रेक गरिरहेको छ।
प्रदर्शन भएको ११ दिनमै यो फिल्मले विश्वभर ८८० करोड भारतीय रुपैयाँ कमाइसकेको छ।
अहिलेसम्मको कमाइ हेर्दा यो फिल्म भारतीय बजारमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको छैटौँ स्थानमा पुगेको छ।
‘केजीएफ–२’को हिन्दी संस्करणले ११ दिनमा ३ सय २० करोडभन्दा बढीको व्यापार गरेको छ। यो फिल्मले चाँडै एक हजार करोड क्लबमा प्रवेश गर्ने ट्रेड एनालिस्टहरुले बताउँदै आएका छन्।
यो फिल्मले वर्ल्डवाइड ८८३ करोड ५६ लाख ग्रस कलेक्सन गर्दै आमिर खानको फिल्म पिकेले बनाएको रेकर्ड पनि ब्रेक गरेको छ। ११ दिनमा सर्वाधिक कमाई गर्ने भारतीय फिल्मको छैटौँ स्थानमा पुगेको हो।
निर्माता तरण आदर्शले ‘केजीएफ–२’ को हिन्दी संस्करणले संस्करणले प्रदर्शनको ११ औँ दिनमा भारतमा २२ करोड ६८ लाख रुपैयाँ कमाएको बताए।
Shares

प्रतिक्रिया