नेपाली कथानक चलचित्र ‘वर एण्ड वधु’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह भित्रिएकी छिन्।
मिलन चाम्सले निर्देशन गर्ने ‘वर एण्ड वधु’मा भित्रिएकी साम्राज्ञी शीर्ष भूमिकाका लागि अनुबन्धित भएकी हुन्।
साम्राज्ञीसँगै यो चलचित्रमा आँचल शर्मा र विवेक कर्माचार्य शीर्ष भूमिकामा देखिने छन्। आँचल र विवेक यो चलचित्रका लागि यस अघि नै अनुबन्धित भइसकेका छन्।
कमेडी र रोमान्स मिश्रित यो चलचित्र बैशाख ३० को स्थानीय निर्वाचन सकिएपछि छायाङ्कनमा जानेछ।
‘वर एण्ड वधु’मा पुराना कलाकार किरण केसी र विजय लामा पनि अनुबन्धित भइसकेका छन्।
चलचित्र एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो।
66
Shares

प्रतिक्रिया