बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजको ७ करोड भन्दा धेरै भारतीय रुपैयाँ बराबरको सम्पत्ति जफत भएको छ।
प्रवर्तन निर्देशनालय (इडी)ले ठगी आरोपी सुकेश चन्द्रशेखरको जबरजस्ती फिरौती मुद्दामा ज्याकलिनको उक्त मूल्यको सम्पत्ति गफत गरेको हो।
जफत भएको सम्पत्तिमा ७ करोड २१ लाख भारतीय रुपैयाँ बैंकमा गरेको ‘फिक्स्ड डिपोजिट’बाट जफत गरेको इन्डिया टुडेमा उल्लेख छ। हालै इडीले चन्द्रशेखरलाई ५ वर्ष पुरानो ठगीको मुद्दामा पक्राउ गरेको छ।
ठग सुकेश चन्द्रशेखरले ठगी रकमबाट ज्याकलिनलाई ५ करोड ७१ लाखको उपहार दिएको पाइएपछि उनको सम्पत्ति जफत गरेको इडीले जनाएको छ।
उपहार बाहेक पनि ज्याकलिनको परिवारलाई करिब १ लाख ७३ हजार अमेरिकी डलर र करिब २७ हजार अस्ट्रेलियन डलर पनि दिएको पाइएको जनाइएको छ।
यहि केसमा ज्याकलिनमाथि पटक पटक सोधपुछ भएको छ। सन् २०२१ डिसेम्बेर ५ मा ज्याकलिनलाई देश बाहिर जान नदिन भन्दै मुम्बई एयरपोर्टमा रोकिएको थियो।
यसपटक पनि उनलाई भारतभित्रै बस्नका लागि सूचना जारी गरिएको छ।
Shares

प्रतिक्रिया