हर्षित छु आज जन्मदिन तिम्रो
इच्छा चाहना सब पूरा होस्
रेडियोकर्मी एवं गायक तथा रचनाकार सुरजवीर बज्राचार्य यस्तै शब्दहरुलाई उनेर निर्माण गरेको जन्मदिनको शुभकामना गीत सार्वजनिक भएको छ। काठमाडौं भृकुटीमण्डपस्थित बुद्धविहारमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आतिथ्यमा गीत सार्वजनिक भएको हो।
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार श्रेष्ठले नेपालभाषाको लोकप्रिय गीतलाई विस्तार एवं ब्यापकता दिन अन्य भाषाहरुमा पनि गीत निर्माणको कार्यको प्रशंसा गर्दै जन्मदिनको गीतको सफलताको लागि शुभकामना ब्यक्त गरे।
सभापति भिक्षु कोण्डन्य महास्थविरले मैत्रीभावले भरिएको यस गीतको लोकार्पण कार्यक्रम आयोजना गर्न पाउँदा खुशी भएको उल्लेख गरे।
गायक तथा रचनाकार सुरजवीर बज्राचार्यले नेपालभाषामा निर्मित ‘बुदिंया भिंतुना म्ये’ (जन्मदिनको शुभकामना गीत) प्रति समाजले दिएको माया र प्रोत्साहन नै यो गीत अन्य भाषामा पनि निर्माण गर्दै जाने कर्मको उर्जा रहेको बताए।
यसअघि गायक बज्राचार्यको मातृभाषा नेपालभाषामा सार्वजनिक भएको जन्मदिनको गीतले हाल जन्मदिन मनाउँदा बजाउने, गाउने तथा गीत बजाएर सगुन दिने नव संस्कृतिकै रुपमा समाजमा स्थान प्राप्त गरेको छ।
यस गीतलाई अन्य विभिन्न भाषामा निर्माण गर्दै जाने उद्देश्यले यो गीत निर्माण गरिएको हो।
Shares

प्रतिक्रिया