ऋतिक रोशन र सुजैन खानलाई कुनै समय आदर्श जोडी मानिन्थ्यो। तर सम्बन्धविच्छेदपछि उनीहरुको बाटो अलग भइसकेको छ। तर अझै एउटा धागो छ जसमा उनीहरु बाँधिएका छन्, त्यो हो उनीहरुका सन्तान।
भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिक र सुजैन आफ्ना सन्तानको माध्यमबाट हरेक दिन सँगै देखिने गरेका छन्। ऋतिक र सुजैनका दुई छोरा रिदान र रेहान रोशन छन्। हालै दुवै छोराको जन्मदिन मनाउन सँगै देखिएका छन्।
राति अबेर सुजैनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा छोरा रिदानका लागि पोस्ट गरिन्। उनले एउटा भिडिओ पनि सेयर गरेकी छिन्। क्याप्सनमा शुभकामना दिएकी छन्।

सम्बन्धविच्छेदपछि पनि सुजैन र ऋतिक जहिले सँगै देखिएपछि दुवैलाई ट्रोल गरिएको थियो।
588
Shares

प्रतिक्रिया