कला


आईजीपी प्रकरणमा देउवाविरुद्ध दीपकको कटाक्षः धन्न! शेरबहादुर प्रधानमन्त्री भएछन्...

आईजीपी प्रकरणमा देउवाविरुद्ध दीपकको कटाक्षः धन्न! शेरबहादुर प्रधानमन्त्री भएछन्...

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार १३:११, काठमाडौँ

कलाकार दीपकराज गिरीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध व्यंग्य गरेका छन्। 

सरकारले गत आइतबार नेपाल प्रहरीका एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो। 

तर अर्का आईजीपी विश्वराज पोखरेलले आफूभन्दा ‘कनिष्ठ’ सिंहलाई आईजीपीमा बढुवा गरिएको भन्दै सर्वाेच्च अदालतमा सोमबार मुद्दा हालेका छन्।

रिट निवेदनमा उनले ज्येष्ठ र बढुवाका सम्पूर्ण आधारमा सबैभन्दा बढी अंक प्राप्त गरेकाले आफूलाई वरिष्ठता कायम हुने गरी तत्काल बढुवा गर्न परमादेश माग गरेका छन्। यसको पेसी बुधबारलाई तोकिएको छ। 

यो पनिधिरजप्रतापको निर्णय बदर गरेर आफूलाई आईजीपी बनाउन विश्वराजको माग (रिटसहित)

यसै विषयमा कलाकार दीपकराज गिरीले प्रधानमन्त्री देउवाविरुद्ध कटाक्ष गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्न शेरबहादुर प्रधानमन्त्री भएछन्! प्रधान अध्यापक भएका भए सधैं थर्ड ब्वाईलाइ फस्ट ब्वाई बनाइदिने रहेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad