कला


बालेनको वाचा : मेयर जिते चलचित्रको स्थानीय कर हटाउँछु

बालेनको वाचा : मेयर जिते चलचित्रको स्थानीय कर हटाउँछु

नेपालखबर
जेठ ९, २०७९ सोमबार १८:४१, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा मेयर पदमा फराकिलो अग्रता बनाइरहेका बालेन साहले चलचित्रमा लागेको स्थानीय कर हटाउने आश्वासन दिएका छन्। 

सोमबार आयोजित चलचित्र ‘चिसो मान्छे’को पत्रकार सम्मेलनमा सहभागी स्वतन्त्र उम्मेदवार साहले कलाकारदेखि चलचित्र विकास बोर्डका अध्यक्षसम्मले आफ्ना कुरा सुनाएका थिए। 

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बालेनसँग चलचित्रमाथि लाग्दै आएको स्थानीय कर हटाइदिन आग्रह गरेका थिए। दाहालले उक्त कर चलचित्र निर्मातालाई जाने गरी हटाइदिन उनले आग्रह गरेका थिए। 

यदि त्यो कर हटेमा नेपाली चलचित्र निर्मातालाई फाइदा हुने उनको आशा थियो। दाहालले विद्यासुन्दर शाक्य काठमाडौंको मेयर हुँदा पनि यो कुरा आफूले उठाएको सुनाए। 

तर कार्यान्वयन नभएको बताएपछि बालेनले आफूले मेयरमा जितेमा नेपाली चलचित्रमाथिको स्थानीय कर हटाइदिने आश्वासन दिएका छन्। 

साहले नेपाली चलचित्रसहित समग्र कला क्षेत्रको विकासमा आफू जुट्ने आश्वासन पनि कलाकारहरुलाई दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad