केही दिनयता सामाजिक सञ्जालामा सौन्दर्य प्रतियोगिताबारे पक्ष र विपक्षमा बहस भइरहेको छ। यही गर्मागर्मी बहसकै वीचमा २४ किशोरीहरु मिस नेपाल–२०२२ को ताज पहिरिने दौडमा छन्।
आठ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरी क्रममा यौन हिंसामा परेको खबर सार्वजनिक भएपछि सुन्दरी प्रतियोगितामाथि नै प्रश्न उठेको छ। सुन्दरी प्रतियोगिता बन्द गरिनुपर्ने माग संसदीय समितिमा समेत सुनिएको छ।
तर, जतिसुकै आलोचना भए पनि सुन्दरी प्रतियोगिताको रौनक भने घटेको छैन।
यसैसाता ‘मोडल हन्ट नेपाल २०२२’का लागि आवेदन खुल्यो। मिस नेपाल २०२२ को अन्तिम तयारी चलिरहेको छ। मिस नेपाल २०२२ को ताज पहिरिने दौडमा २४ युवती रहेका छन्। अन्तिम प्रतिस्पर्धामा रहेका युवतीलाई ब्याच र अंकसमेत प्रदान गरिएको छ।

पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान गरेका थिए।
यसपटक मिस नेपाल बन्ने दौडमा अनुष्का पौडेल, श्रीयांशु पिया, दिलाशा डोटेल, आश्रा श्रेष्ठ, अयुषनोभा ढुंगाना, आकृति शाह, मेरिका बाँस्कोटा, मानषी चन्द, स्मारिका शर्मा, श्रीया गजुरेल, सुस्मिता बोगटी, ममता ढकाल, एश्वर्य शाही ठकुरी, सरिषा श्रेष्ठ, अनुश्रुया डाँगी, ऋतुल पौडेल, प्रियंकारानी जोशी, यशस्वी श्रेष्ठ, रोज कँडेल, न्यान्सी खड्का, सोफिया श्रेष्ठ, आश्रुुति सुवेदी, गंगा गुरुङ र अस्मिता ढुंगाना रहेका छन्।
मिस नेपाल २०२२ को फाइनल आगामी असार ४ गते हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने अन्तिम प्रतियोगितामा ६ जना चिकित्सक सुन्दरीले भाग लिएका छन्।
हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपालका लागि यो वर्ष देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए। जसमध्ये १९६ जनाले अडिसन दिएका थिए। जसबाट २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन्।
Shares

प्रतिक्रिया