कला


निश्चलसँग जोडी बाँध्दै साम्राज्ञी

निश्चलसँग जोडी बाँध्दै साम्राज्ञी

नेपालखबर
जेठ २२, २०७९ आइतबार ६:५८, काठमाडौँ

अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले निश्चल खड्कासँग जोडी बाँध्ने भएकी छिन्।

उनले नेपाली कथानक चलचित्र ‘लण्डन टु पेरिस’मा निश्चलसँग जोडी बाँध्ने भएकी हुन्। 

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुन लागेको ‘लण्डन टु पेरिस’ निर्माण टिमले किस्तामा कलाकार सार्वजनिक गरिरहेको छ। केहि समयअघि साम्राज्ञीको नाम घोषणा गरेको टिमले साम्राज्ञीको जोडीको रुपमा खड्काको नाम सार्वजनिक गरेको हो। 

अस्ट्रेलियामा आफ्नो पढाइ सकेर नेपाली चलचित्रमा अभिनय गर्ने सपना बोकेर नेपाल फर्किएका निश्चलको यो पहिलो फिल्म हो। उनले अष्ट्रेलिया रहेकै बेला केहि म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनले केहि मोडलिङ इभेन्टमा भाग पनि लिएका छन्। 

यो चलचित्रमा निश्चलले साम्राज्ञीका साथमा गरिमा शर्मासँग पनि स्क्रिन रोमान्स गर्ने छन्। थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी साम्राज्ञीको पनि यो पहिलो फिचर फिल्म हो। 

बेलायत र फ्रान्समा छायांकन हुने यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने यो चलचित्रमा कबिर खड्का पनि पक्का भइसकेका छन्। घनश्याम लामिछानेले निर्देशन गर्न लागेको यो चलचित्रमा अन्य चार कलाकार लण्डनबाटै लिइने भएको छ। 

चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहने छ। असार दोस्रो साताबाट छायांकनमा जाने यो चलचित्रमा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेलले संयुक्त रुपमा लगानी गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad