नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ ले नेपालमा राम्रो कलेक्सन गर्न सफल भयो। नेपालमा प्रदर्शनसँगै अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन भएको यो चलचित्रले राम्रो कमाइ गर्न सफल भएको छ।
चलचित्रले अस्ट्रेलियाका आठ राज्यबाट एक करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
यस अघि नेपाली चलचित्रले विदेशमा बनाएका कीर्तिमान यो चलचित्रले तोडेको छ। अष्ट्रेलियामा ८ हजार नेपालीले यो चलचित्र हेरेका छन्।
जुन २९ सम्म अष्ट्रेलियका शहरमा यो चलचित्र नियमित प्रदर्शन हुने भएको छ। इभेन्ट, रिडिङ, हुट्स, न्यु फार्म, भिलेज, रिजेन्ट, चाइनाटाउन, मर्करी र लाइमलाइट सिनेमाज मल्टिप्लेक्समा यो चलचित्र प्रदर्शन भैरहेको छ।
२९ तारिखसम्म यो फिल्मले डेढ करोड ग्रस कलेक्सन गर्ने वितरक रोशन भट्टराई बताउँछन्। अष्ट्रेलिया नेपाली चलचित्रका लागि सबैभन्दा ठूलो बजार मानिन्छ। चलचित्र ‘लुट’ले पहिलो पटक अष्ट्रेलियामा बजार बिस्तार गरेको थियो।
अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फूर्वा लामा बिचको विवादका कारण चलचित्रको भारत प्रदर्शन भने प्रभावित भएको छ।
सिक्किमका बौद्ध समुदायले फिल्म प्रदर्शन नगर्न सार्वजनिक रुपमै चेतावनी दिएका छन्। सिक्किमसँगै भारतका १५ सहरमा फिल्म प्रदर्शन गर्ने तयारी भैरहेका बेला अल इण्डिया बुद्धिस्ट फोरमले फिल्म प्रदर्शन रोक्न भनेपछि अहिले प्रदर्शन हुन सकेको छैन।
Shares

प्रतिक्रिया