कला


हलमा पत्तासाफ, युट्युबमा सुपरहिट

हलमा पत्तासाफ, युट्युबमा सुपरहिट

नेपालखबर
जेठ २६, २०७९ बिहिबार ७:५०, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘डाँडाको वरपिपल’ चलाउन भुवन केसी र शोभित बस्नेतले सक्ने जति फण्डा गरे। फिल्म चलाउनकै लागि महानायक विवाद झिके।

नेपाली फिल्म उद्योगको महानायक को हाे भनेर चर्को विवाद र बहस भयो। फेरि राजेश हमालको फोटो राखेर माफी मागे। कति राेए, कति हाँसे। सकेको जति सबै फण्डा गरे। तर फिल्मले पोस्टरमा गरेको लगानी पनि उठाउन सकेन। 


गत वर्षको दसैँको छेको पारेर प्रर्दशनमा आएको यो फिल्म हलमा सुपरफल्प नै भयो। शोभित बस्नेतले निर्देशन गरेको ‘डाँडाको वरपिपल’ हलमा एक्लै हुँदा पनि दर्शक तान्न सफल भएन।

फिल्म समीक्षकले पनि फिल्मको समिक्षा गर्न चासो देखाएनन्। यहि फिल्मले युट्युबमा उच्च दर्शक (भ्यूज) पाएको छ। 

युट्युब रिलिज गरिएको चौथो दिनमा फिल्मले झण्डै १९ लाख भ्यूज बटुलेको छ। फिल्ममा आएका कमेन्ट अधिकांश सकारात्मक देखिन्छन्। उनीहरुले फिल्मको कथाबस्तुले मन छोएको कमेन्ट गरेका छन्। कतिपयले फिल्मले आफूलाई रुवाएको समेत उल्लेख गरेका छन्।

यस फिल्म हलमा लाग्दा दर्शकले चासो समेत देखाएनन्। कुनै एक शो पनि हाउसफुल हुन सकेन। शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापा लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेको यो फिल्म युट्युबमा भने दर्शकको प्रशंसा बटुल्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad