डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनर ‘पे वेल’ बन्ने पक्का भएको छ।
आइतबार एक कार्यक्रमका बिच ‘थ्रि प्रोडक्सनु र पे–वेल’ बिच सम्झौता भएको हो।
बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भइसकेको छ।
उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागि चाँडै नै फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले जनाएको छ।
काठमाडौँ, विराटनगर, पोखरा, इटहरी, चितवन, आसाम र सिक्किममा फिजिकल अडिसन गरिने छ।
बालबालिकामा भएका प्रतिभालाई उजागर गर्न र उनीहरूलाई प्रोत्साहन गर्न यस खालको कार्यक्रमले मद्यत गर्ने भन्दै आफूहरू यस कार्यक्रमको हिस्सा हुन पाएकोमा पे–वेलका तर्फबाट सत्यन्द्र श्रेष्ठले खुसी व्यक्त गरे।
शोको निर्णायकमा तेरिया फौजा मगर, रोजिया महर्जन रहेका छन्।
सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहने छिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्ने छन्।
कमेडी च्याम्पियन जस्तो सफल रियालिटी शो तयार गरेको थ्रि प्रोडक्सनले नै यो शोको निर्माण गर्न लागेको हो। शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ।
डान्स मास्टरको उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन्।
त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्ने छन्।
निर्देशक भण्डारीकाअनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नु पर्ने छ।
Shares

प्रतिक्रिया