ad ad

कला


सिक्किममा 'कबड्डी ४' को प्रदर्शनीमा रोक

सिक्किममा 'कबड्डी ४' को प्रदर्शनीमा रोक

शैलेन्द्र समदर्शी
जेठ ३१, २०७९ मंगलबार १३:५१, गान्तोक

सिक्किम सरकारले राज्य 'कबड्डी ४' को प्रदर्शनी रोक लगाइएको छ। १७ जूनदेखि सिक्किममा सबै हलमा 'कबड्डी ४' प्रदर्शनी गरिने निश्चित गरिएको थियो।

आज बिहान सिक्किममा मुख्यमन्त्री पीएस गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सिक्किममा 'कबड्डी ४' को प्रदर्शनीमा रोक लगाउने निर्णय राज्य सरकारले दिएको जानकारी गराएका छन्।

मुख्यमन्त्री गोलेकाअनुसार सिक्किमेली जनता र यहाँका विभिन्न सङ्घ-संस्थाका भावनालाई ध्यानमा राख्दै राज्यमा 'कबड्डी ४' को प्रदर्शनीमा रोक लगाउने निर्णय राज्य सरकारले लिएको हो।

'कबड्डी ४' की नायिका मिरुना मङ्गर र र फुर्बा लामाबिचको विवाद स्वीकार्य ढङ्गमा समाधान नभएसम्म राज्यमा यस फिल्मको प्रदर्शनीमाथि रोक लगाइएको मुख्यमन्त्री गोलेले जानकारी गराएका छन्।

‘विवाद स्वीकार्य रूपमा समाधान नभएसम्म सिक्किमका जनता र विभिन्न सङ्घ-संस्थाहरूका भावनालाई ध्यानमा राख्दै राज्य सरकारले सिक्किममा 'कबड्डी ४' को प्रदर्शनीमा रोक लगाउने निर्णय गरेको छ’, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्।

स्मरण रहोस्, सिक्किममा 'कबड्डी ४' को प्रदर्शनीमा रोक लगाउनपर्ने माग लगातार उठिरहेको थियो। विशेषगरी सिक्किमका लामाहरूले 'कबड्डी ४' को प्रदर्शनी राज्यमा नगरिदिने अनुरोध गर्दै आइरहेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .