रंग पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप लागेका चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन्।
उनले आफूमाथि लागेको आरोपमा अनुसन्धानका लागि सहज होस् भनेर राजीनामा दिएको बताएका छन्।
बलामीले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज भन्दै राजीनामा दिएको र उनको राजीनामा स्वीकृत गरेका संघका अध्यक्ष दिनेश सिटौलाले जानकारी दिए।
बलामीको राजीनामा दिएपछि बसेको संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उनको राजीनामा स्वीकृत गरेको हो। बलामीलाई एक रंग पत्रकारले ६ वर्षअघि संघको चुनावका क्रममा होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।
पीडित पत्रकारले संघले केहि समय अघि पुरस्कार दिने घोषणा गरेपछि उक्त पुरस्कार नलिने घोषणा सहित बलामीले गरेको दुर्व्यवहारका बारेमा आवाज उठाएकी थिइन।
उनलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिमा पीडक भनिएका बलामी पनि सदस्य रहेकाले उक्त पुरस्कार नलिने उनले बताएकी थिइन।
Shares

प्रतिक्रिया