अभिनेत्री नीता ढुंगानाको विवाहको सरगर्मीले तातेको नेपाली फिल्म वृत्त अझैं सेलाएको छैन।
नीताले विवाहको अघिल्लो दिन दिएको संगीत पार्टीदेखि अन्मिदाको उनको अनुहारका बारेमा चर्चा भइरहेकाे छ।
नीता–हरिहरको वैवाहिक समारोहमा पुगेर भनेजस्तो फोटो खिच्न नपाएपछि विच्किएका सेलिब्रेटीको मन दुखाइपनि सार्वजनिक भएका छन्।
यसै क्रममा यो जोडीको विवाहको रिसेप्सन पार्टीमा पुगेका भुवन केसीले दिएको शुभकामना पनि चर्चामा आएको छ।
भुवनले नीता–हरिहर जोडीलाई चाँडै अनमोल जस्तो छोरो जन्माएर फिल्म खेलाउनु भनेपछि यो जोडी निक्कै हाँसेको थियो।
अहिले बजारमा भुवनको यो शुभकामनाको चर्चा भइरहेकाे छ।
त्यसो त भुवन ठाउँ पाएसम्म आफ्ना छोरा अनमोलको प्रमोसन गर्न चुक्दैनन्।
भुवनले नीता–हरिहरको बिहे पार्टीमा घुमाउँरो शैलीमा अनमोल जस्तो उत्कृष्ठ अरु नभएको संकेत गरे।
Shares

प्रतिक्रिया