कला


नाटक ‘एक सिक्का’ असार ३२ मा

नाटक ‘एक सिक्का’ असार ३२ मा

नेपालखबर
असार ३०, २०७९ बिहिबार १८:१५, काठमाडौँ

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीले यही असार ३२ गते नाटक ‘एक सिक्का’ प्रदर्शन गर्ने भएका छन्। 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसपालिको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको छ।

जसको नाट्य, आलेख र निर्देशन प्रदिप कुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गरेका छन्।

सो नाटक नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार दिउँसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्वारा आयोजित गरिने ‘एस वार्षिक नाटक’ कार्यक्रम हो। ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो। विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन्।  

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिप कुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले नाटकका बारेमा जानकारी गराएका थिए। साथै कार्यक्रममा सुरज कार्की र अन्जु श्रेष्ठको प्रस्तुती पनि रहेको थियो।

नाटकको बारेमा 
नाटक एक सिक्का लोक कथामा आधारित नाटक हो। एकादेशमा लामो समय खडेरी पर्दा त्यहाँका जनताले भोग्नु परेको पानीको अभाव र पानी अभावबाट उत्पन्न विभिन्न समस्याका कारण त्यस देशका जनताहरुले भोग्नु परेको तितो यथार्थलाई यस नाटकमा केन्द्र बनाइएको छ। 

बेलका भन्ने राज्यको जलपुरा भन्ने गाउँका प्रजाहरु खडेरीका कारण अन्न अभाव र पानी अभावले भोक र तिर्खाले प्रजाहरु ब्याकुल भएको खबरले खडेरी परेको जलपुरा भन्ने ठाउँमा त्यहाँका राजा सत्यासेन स्वयं स्थलगत भ्रमणमा जान्छन् र विज्ञहरुको परामर्श पश्चात् पानी ओसार्ने युवाहरु राज्यका तर्फबाट नियुक्ति गर्ने आदेश दिन्छन्। 

पानी भर्ने छनौट प्रक्रियामा धेरै प्रजाहरु सहभागी हुन्छन् र केही युवा छनौट हुन्छन्। छनौट हुनेमा त्यहाँको युवा हर्कमान पनि पर्छन्। घर घरमा पानी पुर्याउने काम पाएका युवाहरु गाउँ भरिका मान्छेहरुलाई निकै परको नदीबाट पानी बोकेर घर घरमा पुर्याउने काम गर्न थाल्छन्। हर्कमान पानी पुर्याउने क्रममा गाउँको मुखियाको घरमा पुग्छन् र मुखियाको राम्री छोरी रूपवतीसँग नजर सँगै मन साट्छिन।

रूपवतीसँग हर्कमानको टुसायेको प्रेम झान्ङ्गिन नपाई गाउँमा बिसादि हावाको रुपमा फैलन्छ। मुखियाको इशारामा हर्कामानलाई मरणासन्न पारेर उनका केटाहरूले नदी किनारमा फालिदिन्छन्। 

प्रेम पीडामा बद्लियेको हर्कामानको जीवन सबैतिरबाट अन्धकारमय हुन्छ तर एकदिन अचानक हर्कमान बाटोमा एकसिक्का भेट्छ र सिक्का पुरानो दरबारको एउटा किल्लामा लुकाएर घर फर्कन्छ त्यही एकसिक्का त्यो सिक्काको महत्व थाहा पाउँछ र सिक्कालिन राज्यले निषेध आज्ञा लगाएको बेला राजाले चर्को घाममा कुदिरहेको हर्कमानलाई देख्छ। सैनिकलाई पठाएर दरबारमा बोलाउन पठाउँछ। राजाले यस्तो घाममा किन हिँडेको भन्छ।

हर्कमान सिक्का भन्न आनाकानी गर्छ राजाले कुरो खुस्काई छाड्छ। राजाले त्यो सिक्का भुल बरु राज्यको मोहर लिएर जाउ भन्छ। हर्कमान त्यही सिक्काको जिद गर्छ। राजाको घमण्ड र हर्कमानको जिद्दी आखिर राजाले आधा राज्य दिन्छ भनी हर्कमानको जिदलाई जिति छाड्छ। एक सिक्काको कारण हर्कामान नयाँ मुलुकको नयाँ राजा घोषणा हुन्छ। 

नाटक एक सिक्काले हर्कमानको जीवनमा बदलियेको भाग्यको कथा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad