कला


कतारमा प्रदर्शन हुँदै तामाङ चलचित्र ‘काख्रे’

कतारमा प्रदर्शन हुँदै तामाङ चलचित्र ‘काख्रे’

नेपालखबर
साउन २, २०७९ सोमबार १४:३९, काठमाडौँ

कथाकार, निर्देशक तथा नायक रितुराज पाख्रीन र नायिका सुनिता लुङ्बा अभिनित चलचित्र ‘काख्रे’ कतारमा प्रदर्शन हुने भएको छ।

नेपाल प्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार विभागको आयोजनामा यही जुलाइ २९ तारिखका दिन  सालिमार इस्तामबुल रेस्टुरेन्ट दोहा, नज्मामा प्रदर्शन हुने भएको हो।

तामाङ चलचित्र कतारमा प्रदशन हुने यो पहिलो पटक भने होइन बिगतमा सेर्कु, काला दाग, जस्ता तामाङ चलचित्र कतारमा प्रदर्शन भैसकेका छन्।

कोरोनाको कहरले प्रदर्शन हुन नसकिरहेको तामाङ चलचित्र काख्रे राष्ट्रिय नाचघर जमलमा प्रदर्शन भैसकेको छ।

चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रम पनि हुने आयोजक टिमले जानकारी गराएका छन्। कार्यक्रममा कलाकार सेलो गायक कुमार ओख्रेली, सेलो गायक सुन्दर मोक्तान, गायिका मुस्कान रुम्बा लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ। उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुडासैनी र सरिता तामाङ रहेका छन्।

चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ,सिंग बहादुर तामाङ, सपना वाइबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ।

यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ।

प्रकाश तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द्व राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad