सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका प्रत्यासीको नाम सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचीमा १० जनाको नाम छ।
मन्त्रालयले सूचना जारी गर्दै भुवन केसीसहितका उम्मेदवारको सूची औपचारिक रूपमा सार्वजनिक गरेको हो।
मन्त्रालयले उम्मेदवारको नाम सार्वजनिक गरे पनि अन्र्तवार्ताको मिति, समय र स्थान भने तोकिएको छैन।
भुवन केसीको आवेदन परेसँगै शैक्षिक योग्यताका कारण उनको उम्मेदवारी अस्वीकृत हुने अनुमान गरिएको थियो। तर उनको नाम पनि उम्मेदवार बन्ने सूचीमा सार्वजनिक भएको छ।
भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम सार्वजनिक भएको छ।
Shares

प्रतिक्रिया