सर्वनाम थिएटरमा गीति नाटक 'सपना अनेक -अनेक' मञ्चन सुरु भएको छ।
साहित्यकार गीता खत्रीको खण्डकाव्य 'आमा हुन् आमा' मा आधारित नाटक अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो।
नाटकमा राजु सिंहको संगीत तथा सत्यराज आचार्य र बानिका प्रधानको स्वर रहेको छ।
प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको नाटकमा मनोज महर्जन, धीरज थापा मगर, रविना परियार, निरीक्षण घतानी, भावना उप्रेती र मिलन शाक्यकाे अभिनय रहेकाे छ।
नाटकमा युवापुस्ताको देश छोडेर अमेरिका जाने सपना र त्यही सपनाका कारण सिर्जित रोदनका बीचमा देशप्रतिको प्रेम र तडपनलाई प्रमुख रुपमा देखाउन खोजिएको छ।
बिहीबार बाहेक हरेक दिन साँझ साढे ५ बजे र शनिबार १ बजे अतिरिक्त शो प्रदर्शन हुनेछ।
Shares

प्रतिक्रिया