यो साता गायिका प्रिती आलेको तीज गीत सार्वजनिक भयो। ‘ओए मेरी रानी’ बोलको सार्वजनिक गीतमा गायिका प्रितीलाई गायक टेक अधिकारीले गायनमा साथ दिएका छन्।
टेक अधिकारी र रेशम प्रधानको शब्द रहेको गीतमा रेशमले संगीत गरेका छन्।
गीतको म्युजिक भिडिओ अनु पराजुली र लोमश शर्माले अभिनय गरेका छन्।
विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडिओ सुजन श्रेष्ठले खिचेका हुन्। भिडिओ सम्पादन युवराज खत्रीले गरेका छन्।
यसै साता गायिका सुजता केसीले पनि आफ्नो तीज गीत सार्वजनिक गरिन। ‘नाचेर टोलै थर्काउने’ बोलको सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द संगीत समावेश गरिएको छ।
गीतको म्यजिक भिडिओमा बेली डान्सर बिनु शाक्यदेखि टिकटक स्टार उषा उप्रेती, आभा थापासम्मका कलाकारले अभिनय गरेका छन्। विकास ज्ञवालीले निर्देशन गरेको भिडिओ रामकुमार केसीले खिचेका हुन्।
गायक प्रेमराजा महत पनि यसै साता नयाँ गीत सहित बजारमा आए। ‘पीपल डाँडे साइली’बोलको सार्वजनिक गीतमा गायक महतलाई गायिका अस्मिता परियारले साथ दिएकी छिन्।
गीतमा शब्द तथा संगीत पनि प्रेमराजाकै सुन्न सकिन्छन्। गीतको म्यूजिक भिडिओमा भने प्रेमराजाका साथमा दीपाश्री निरौला देखिएकी छिन्।
नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडिओ दीपक नेपालीले निर्देशन गरेका छन्। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओ प्रवीण भट्टले सम्पादन गरेका छन्।
गायक शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ। गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन्।
पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ।
प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडिओमा देख्न सकिन्छ छ। विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडिओ सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन्।
भिडिओको छायांकन प्रकाश खड्काको टिमले गरेको छ। भिडिओ निर्देशन विक्रम चौहानले गरेका हुन्।
गायक अनिल सिंहको देउडा गीत ‘रेलिमोई’ पनि यसै साता सार्वजनिक भयो। पप गायनमा चिनिएका अनिलले आफ्नै संगीतमा डेउडा गीत बजारमा ल्याएको हुन्। यो गीत रिदमराज जोशीले लेखेका हुन्।
गीतको भिडिओमा अनिल आफैं देखिएका छन्। उनलाई इटालियन मोडेल मार्गास तटेला र निर्मल सिग्देलले साथ दिएका छन्।
गीतको भिडिओमा सिजिआइ, भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेर तयार गरेको हो।
गायक स्वरुप राज आचार्यको ‘तिम्रो तस्बिर’ बोलको गीत बजारमा आएको छ।
उमेश राउतको सङ्गीत र उज्ज्वल हृदयको शब्द रहेको गीतले प्रेम वियोगको पीडा बोल्छ।
गीतको म्यूजिक भिडिओमा गीता ढुंगाना, निराजन प्रधान र विशाल रेग्मीले अभिनय गरेका छन्।
अनुप चापागाईँले निर्देशन गरेको भिडिओमा बुद्ध थापाको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।
गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल स्वरमा ‘मलाई माया’बोलको गीत सार्वजनिक भयो। अर्जुन थापाको शब्द/संगीत रहेको सार्वजनिक गीतमा फणीन्द्र राईको संगीत संयोजन सुन्न सकिन्छ। भिडिओमा गीतको अर्जुन थापा र निरु थापाले अभिनय गरेका छन्।
बुद्ध थापाको छायाङ्कन रहेको भिडिओ सम्पादन सुरेश राउतले गरेका छन्। सुरेश थापाले निर्देशन गरेको भिडिओमा प्रेमकथा देखाउन खोजिएको छ।
Shares

प्रतिक्रिया