केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’द्वारा निर्देशित टेलिभिजन कार्यक्रम ‘कमेडी हब’को ट्रेलरप्रति आक्रोश व्यक्त भएपछि हटाइएको छ।
हास्य कलाकार सीता न्यौपानेले महादेवसँग टिकटक बनाएको भिडिओ ट्रेलरमा राखिएको थियो। आइतबार राति सार्वजनिक ट्रेलरमा भगवान् शिवजीलाई हाँसोको विषय बनाएर धार्मिक आस्थामा चोट पुर्याएको भन्दै आलोचना भएको थियो।
यसपछि कार्यक्रमका निर्देशक घिमिरेले माफी माग्दै त्यो दृश्य युट्युब, टिकटक, फेसबुकबाट हटाएका हुन्।
‘कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषय वस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूहरूले देखाउनुभएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, घिमिरेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरू समक्ष हामी क्षमा माग्दछौं।’
Shares

प्रतिक्रिया