नेपाली चलचित्र क्षेत्रमा राम्रै चर्चा बटुलेका अभिनेता हुन् पुष्प खड्का।
‘अझैं पनि’बाट उद्योगमा आएका पुष्पको फिल्म ‘मंगलम’ले ठिकै व्यापार गर्याे।
यो फिल्मबाट उनले राष्ट्रिय चलचित्र पुरस्कार नै जिते।
फिल्म ठिकै चले पनि पुष्पको चर्चा भने उद्योगमा राम्रै भयो। पुष्प अभिनित नयाँ फिल्म ‘कृष्ण -लीला’ प्रदर्शनको तयारीमा छ।
भदौ ३ गतेबाट प्रदर्शन हुन लागेको यो चलचित्रले पनि आफूलाई राम्रो चर्चा दिनेमा पुष्प ढुक्क देखिन्छन्।
पुष्पको चलेको फिल्म हो ‘मंगलम।’ तर समग्र फिल्मले भन्दा पुष्पलाई उक्त फिल्मको ‘पर्ख पर्ख मायालु’बोलको गीतले धेरै चर्चा दियो। पुष्पलाई चिनाउन यो गीतले ठूलो भूमिका खेलेको छ।
उनले अभिनय गरेको फिल्म ‘मारुनी’को ‘जाम न माया जाम’ पनि निक्कै चर्चित भयो।
फिल्मको गीत चर्चित हुँदा फिल्मका शीर्ष कलाकार पुष्पलाई फाइदा नहुने कुरै भएन। पुष्प अभिनित ‘कृष्ण -लीला’ प्रदर्शनको तयारीमा छ।
यो फिल्मको गीतले पनि पुष्पको चर्चा चुलिएकै छ। गीतले दिएको चर्चाले पुष्पको फिल्मी करिअर कहाँसम्म पुर्याउने हो, यसै भन्न सक्ने अवस्था छैन।
Shares

प्रतिक्रिया