कला


द्वन्द्वको कथा बोल्ने ‘पानीफोटो’ : बुवाको सपनामा घर फर्केको कृष्णे अझै आइपुगेन

द्वन्द्वको कथा बोल्ने ‘पानीफोटो’ : बुवाको सपनामा घर फर्केको कृष्णे अझै आइपुगेन

सुभद्रा ढकाल
साउन २२ , काठमाडौँ

रङ्गमञ्चबाट करिअर थालेका खगेन्द्र लामिछाने जीवन्त कथा लेखनमा पोख्त मानिन्छन्। 

उनैले लेखेको चलचित्र ‘पानीफोटो’ साउन १३ गतेदेखि देशभरका हलमा लागेको छ। खगेन्द्रले यो चलचित्रमा युद्धले दिएको पीडालाई पर्दामा उतारेका छन्। भोलिको पुस्तालाई एउटा दस्तावेजका रुपमा यो चलचित्र बनाइएको निर्माण पक्ष बताउँछ।

पानी फोटो चलचित्रमा १० वर्षे जनयुद्ध र त्यसले पारेको सामाजिक प्रभाव देखाउन खोजिएको छ। जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा प्रस्तुत गरिएको छ।

लेखक एवम् निर्देशक लामिछानेबाहेक अनुप बराल, मेनुका प्रधान, मल्लिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतलाई यसमा शीर्ष भूमिकामा देख्न पाइन्छ।

पानीफोटो एक आँखीझ्याल हो, जहाँबाट दश वर्षे जनआन्दोलन देख्न सकिन्छ।

नेपाली सिनेमामा निर्देशकीय उपस्थिति एवम् हस्तक्षेप, दृश्य भाषा, चरित्र निर्माण, साहित्य चेत, कल्पनाशीलता, सामाजिक सौन्दर्य, भौगोलिक चित्रण जस्ता थुप्रै कुरा उधिन्न यो फिल्मको फेरो समात्न सकिन्छ।

चलचित्रका सबै दृश्य वियोगान्त छन्। आँसुको मोलतोल गर्न माहिर निर्देशकका निम्ति सर्वाधिक महत्व र मूल्यको दृश्य पनि हो यो। एउटा दृश्यमा फिल्मका मुख्य पात्र कृष्णे विद्यालयबाट फर्कँदै गर्दा माओवादीले युद्धमा सहभागी गराउँछन्। 

माओवादी र सेनाबीच चेपुवामा परेको कृष्णेको सांकेतिक रुपमा मृत्यु देखाएपछि दर्शकलाई अन्योलमा राखिएको छ। सेना र माओवादीबीचको भिडन्तमा परेर हराएका पात्रको दृश्य कथाको वियोगान्त दृश्य हो।

रुकुम, रोल्पा, स्याङ्जा लगायतमा खिचिएको चलचित्रमा भिडन्तपछि बेपत्ता छोराको प्रतिक्षामा जीवन बिताइरहेका बाआमाको दैनिकीले दर्शकका आँखा रसाउँछन्।

युद्धको क्रममा छोरो बेपत्ता हुनु, उसलाई खोज्दै बाआमा भौतारिनु, युद्धमा हराएका गाउँका युवाहरु सबै घर फर्कनु, नफर्किएकाको काजक्रिया गर्न समाजबाट दबाब आउनू, प्रमुख पात्र मरे बाँचेको अत्तोपत्तो नहुनु, ज्योतिषलाई हेराउँदा छोरो फर्केर आउने विश्वास दिलाउनु, तर नआउनु, छोरो खोज्न बाबुआमा रुकुम रोल्पा, स्याङ्जाका विभिन्न ठाउँमा पुगे पनि भेट्न नसक्नु यस चलचित्रका प्रमुख दृश्य हुन्।

साथै, युद्धका कारण युवाहरु विदेश पलायन भएर गाउँ नै रित्तो भएको दृश्य पनि यसमा समेटिएको छ।

बाटो हेरिरहेका बाआमाको सपनामा छोरो आउँदा दर्शकले त्यो विपना नै होस भनेर कामना गरिरहेका हुन्छन्। तर सपनाबाट ब्यूँझेपछि दर्शकहरु मर्माहत बन्छन्, उनीहरुबाट अनायसै विस्मयको सुस्केरा निस्कन्छ। मनमा बेदना छचल्किन्छ।

निर्देशकले क्यामेराको फ्रेमबाट मात्रै तीन पात्र देखेका छन्, युद्धमा हराएको कृष्णे, बाआमा र छोराकी बालशखा यी तीन पात्रमध्ये बेपत्ता छन् बाँकी दुई, उसको सम्झनामा बिलौना गर्छन्।

तर, दर्शकले सिनेमाका पर्दामा त्यति मात्रै देख्दैनन्।

गाउँमा हराएका युवाहरु फर्केको, नफर्केका युवाहरुको कुशको शव बनाएर अन्तिम संस्कार गरेको, माओवादी र सेनाको भिडन्तमा सर्वसाधारणले ज्यान गुमाउनु परेको, युद्धले युवाहरु वैदेशिक रोजगारीमा पलायन भएका दृश्य पनि छन्। 

द्वन्द्वले समाजका विभिन्न क्षेत्रमा अवरोध सिर्जना गर्यो। एउटा सामान्य परिवारको छोरो बेपत्ता हुँदाको भोगाइलाई उनले धेरै दर्शकसम्म पु¥याउने जमर्को गरेका छन्।

ट्रेलरको मर्मस्पर्शी संवादसँग दर्शक जोडिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन्। ‘केटाकेटी भेट भएपछि दुःख पाइने रैछ। हाम्रो छोरा भयो। अहिले खोज्दै हिँड्नु परेको छ’, यो संवादबाट सुरु हुने फिल्मको ट्रेलरमा छोराको खोजीमा भौतारिएका बुवाआमाको पीडा देखाइएको छ।’

बेपत्ता कृष्णे घर नफर्केपछि कुशको लाश बनाएर उसको अन्तिम संस्कार गर्ने प्रशंगमा आमाले नमानेपछि गाउँ समाजले यसो भनेका छन् :

त्यो नमानेर हुन्छ हाम्रो कुलको कुरो हो।
यो संवादले धेरैको आँखा रसाउँछन्

कृष्णेका बाउले हरेक जसो वाक्यमा क्यारम त नि जोड्दा त्यो निकै घतलाग्दो सुनिन्छ। यस किसिमको लवज खासगरी गण्डकी प्रदेश आसपासको क्षेत्रमा सुन्न सकिन्छ।  केवल यति लवजले पात्र कुन परिवेशमा हुर्किएका हुन् भनेर बुझाउँछ।

जसरी गाउँ समाज उठाएर छोराको किरिया गर्न लागेका छौ नि!
त्यसैगरी गाउँ समाज जोडेर तिमीसँग छुटिन्छु।

कृष्णेकी  आमाको यस लवज, रहनसहनमा स्थानीयताको रंग पोतिएको छ।
अहिले बनिरहेका जेजति फिल्म छन्, त्यसमा एकसरो कथा छ।

गण्डकी प्रदेशका विभिन्न स्थानमा बोलिने भाषाका साथै गाउँघरका रुढीवादी परम्परा, उनीहरुले महिलाप्रति हेर्ने दृष्टिकोण गाउँ समाजको कुसँस्कार कुरीति र त्यसबाट माथि उठ्न नसकेको यथार्थचेतलाई चलचित्रमा देखाउन खोजिएको छ।

घटना, परिस्थिति र प्रसङ्गले दर्शकको मनमा उथलपुथल ल्याउने हो। यसका लागि निर्देशकले पर्दामा कहिले त्रासदी पैदा गर्न सक्नुपर्छ, कहिले संवेदना पोख्न सक्नुपर्छ। कहिले क्रोध, कहिले करुणा पैदा गर्न सक्नुपर्छ। 

चलचित्र पानी फोटोमा जब–जब कृष्णेको कहानी आउँछ दर्शकहरुको मन हलचल हुन्छ। कृष्णे घर पुग्दाको सिन आउँदा दर्शक कराउँछन् ‘कृष्णे घर आएको यथार्थ भइदियोस्। सबैको मन ढुकढुक गरेका बेला उक्त दृश्य बुवाले देखेको सपना हुन्छ, त्यो दृश्यले पीडा दिन्छ। 

फिल्ममा कतै कतै रमाइला दृश्य भेटिँदा दर्शक हाँस्छन्। तर पानी फोटो चलचित्रको अधिकांश दृश्य रुवाउने छ। द्वन्द्वपीडित नेपालीहरु रुने दृश्य छन्।

पात्रको रोदन, मृत्यु, वियोगले मात्रै होइन, पात्रले झेल्ने परिस्थिति, बाध्यता, उतार–चढाव आदिले दर्शकको मनमा करुणाभाव पैदा हुन्छ।

बेदना जाग्छ। पात्र हाँसेरै दर्शकलाई रुवाउन सक्छन्। यो चलचित्रको अन्त्य भने अन्योलमै हुन्छ। दर्शकलाई अन्योलमा राख्दै यो चलचित्र सकिन्छ। 

साउन २२, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad