कला


थाहै नदिई भिसाका लागि केकीको कागजात पेस भएपछि...

थाहै नदिई भिसाका लागि केकीको कागजात पेस भएपछि...

नेपालखबर
भदौ ९, २०७९ बिहिबार ७:९, काठमाडौँ

नेपाली फिल्म ‘तिम्रो नजर’ युनिटले नायिका केकी अधिकारीको नाम र कागजात दुरुपयोग गरेको खबर सार्वजनिक भएको छ। यस विषयमा आफ्नो ध्यानाकर्षण भएको केकीले बताएकी छन्। 

उक्त फिल्ममा आफूले काम गर्ने कुनै सम्झौता नगरेको भन्दै केकी फिल्म निर्माण कम्पनी ‘ब्लु बर्ड एचडी’को विपक्षमा उत्रिएकी हुन्। 

​नर्वेमा छायांकन गरिने भनिएको उक्त फिल्ममा काम गर्न केकी अधिकारी र आर्यन सिग्देललेले भिसाका लागि आवेदनमा नक्कली कागजपत्र पेस गरेको भन्ने खबर सार्वजनिक भएपछि केकीले यो कुराको खण्डन गरेकी हुन्। 

उनले आफ्नो नाम, कागजात र हस्ताक्षर दुरुपयोग भएको पाइए कानुनी उपचारमा जाने चेतावनी दिएकी छन्। 

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यस किसिमको अवाञ्छित गतिविधिबारे कुनै पूर्वजानकारी थिएन। साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषीउपर कडा कारबाही गर्न सम्बन्धित निकायालाई निवेदन दिन चाहन्छु।’

नर्वेमा फिल्म छायांकन गर्न भारतस्थित दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको आशंकामा नर्वेजियन दूतावासले बोर्डसँग फोनमार्फत जानकारी लिएको थियो। तर, बोर्डले अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजात पेस गरेको खुलेको हो। 

उक्त फाइलमा नायिका केकी अधिकारीको कागजात पनि पेस भएको कुरा सार्वजनिक भएपछि केकीले उक्त फिल्ममा आफ्नो संलग्नता नरहेको बताएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad