कला


‘छड्के २’ मा अनमोलको भयानक रूप

‘छड्के २’ मा अनमोलको भयानक रूप

नेपालखबर
भदौ १२, २०७९ आइतबार ८:४१, काठमाडौँ

अनमोल केसीको शीर्ष भूमिका रहेको फिल्म ‘छड्के २’को छायांकन जारी छ। चितवनमा छायांकन भइरहेको फिल्मको पोस्टर सार्वजनिक गरिएको छ। फिल्म निर्माण टिमले छायांकन स्थलबाटै अनमोलको लुक्ससहितको पोस्टर सार्वजनिक गरेको हाे। 

सार्वजनिक ग्याङस्टार लुक्समा अनमोलको भयानक रूप देख्न सकिन्छ । रगत लतपत्तिएको शरीरसहित तरबार समातेका अनमोलको मुखमा चुरोट देख्न सकिन्छ। उनको शरीरभरि ट्याटु छ। छातीमा १९९४ डेट खोपिएको छ । उनी आक्रमक रूपमा प्रस्तुत भएका छन्।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने सिनेमामा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल मुख्य भूमिकामा छन्। अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन।

काभ्रे फिल्म्सको ब्यानरमा बनिरहेको फिल्म निर्माणमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठले सहकार्य गरेका छन्। 

६० दिनको छायांकन सेड्युल निकालिएको सिनेमा चितवन र मुस्ताङमा खिचिनेछ। छायांकनका क्रममा बिस्तारै अझै सिनेमा सम्बन्धी धेरै जानकारी सार्वजनिक गर्दै जाने निर्देशक श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad