कला


किन रोइन् ऋचा?

किन रोइन् ऋचा?

नेपालखबर
भदौ २३, २०७९ बिहिबार ७:५५, काठमाडौँ

नेपाली फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर रिलिज गरिएको छ। फिल्मको ट्रेलर रिलिजमा पुगेकी अभिनेत्री ऋचा शर्मा नमज्जासँग रोइन्।

माइक हातमा समातेर बोलिरहेकी उनी बोल्न सकिनन्। फिल्म प्रमोसनका क्रममा थुप्रै कलाकारले रोएर फिल्म चलाएको आरोप खेपिरहेका छन्। ऋचा भने केही दिनदेखि अस्पतालमा रहेकी आफ्नी हजुरआमाको अवस्था सम्झिएर रोएकी थिइन्।

उनकी ८४ वर्षीया हजुरआमा निमोनियाका कारण अस्पतालमा भर्ना भएकी छन्। उनको आँसुले कार्यक्रममा उपस्थित  सबैलाई भावुक बनायो। सम्हालिएपछि ऋचाले भनिन्, ‘कतिपयले कलाकारको संवेदनशीलतालाई फन्डाका रुपमा हेर्ने गर्नुभएको छ। रोएर फिल्म ब्लकबस्टर हुने भए म लामो समयसम्म पनि रुन तयार छु। तर कलाकार रोएर फिल्म चल्दैन।’

ऋचा सम्हालिएर बोल्दै गर्दा आमाको प्रसंग आयो उनी फेरि रोइन्। भनिन्, ‘आमा गुमाएको धेरै वर्ष भएकै छैन।’ 

सन्तोष पन्तले निर्मण गरेको यो फिल्म ‘हिजोआजका कुरा’मा ऋचा शीर्ष भूमिकामा देखिने छन्। यो फिल्म असोज २८ गतेदेखि प्रदर्शनको तयारीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad