कला


सन्तोष पन्तको दाबी : ‘हिजोआजका कुरा’ सफल भए युवा विदेश जाँदैनन्

सन्तोष पन्तको दाबी :  ‘हिजोआजका कुरा’ सफल भए युवा विदेश जाँदैनन्

नेपालखबर
भदौ २३, २०७९ बिहिबार ८:४, काठमाडौँ

सन्तोष पन्तले निर्माण गरेको फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर रिलिज भएको छ। आगामी असोज २८ गतेदेखि प्रदर्शन गर्ने तयारीमा रहेको फिल्मको सार्वजनिक ट्रेलरमा युवा पुस्ताको विदेश मोहले परिवारमा आउने विचलन देखाइएको छ। 

सन्तोष पन्तका छोरा साकार पन्तले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन्। आफूले फिल्ममार्फत हरेक दिन घरमा भोगिरहेको कुरालाई बाहिर ल्याउन खोजेको बताए। उनको तर्क छ- ‘मैले फिल्ममा समस्या मात्रै देखाएको छैन, समाधान पनि देखाएको छु।’

आफ्नो फिल्म सफल भएको खण्डमा युवा पुस्ता देशमै बस्ने पन्तको दाबी छ। 

फिल्ममा सन्तोषका साथमा रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, जयनन्द लामा लगायतका कलाकारले अभिनय गरेका छन्। 

लामो समय नेपाल टेलिभिजनबाट प्रसारण भएको सिरियल ‘हिजोआजका कुरा’ एक समय निक्कै चर्चित थियो। सोही नाममा पन्तले फिल्म निर्माण गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad