नायिका अदिती बुढाथोकीको फिल्म ‘बाबरी’ अस्ट्रेलिया प्रदर्शनका लागि अधिकार बिक्री भएको छ।
आगामी असोज १५ बाट नेपाल प्रशर्दनको तयारीमा रहेको यो फिल्म मेभन कन्सल्टिङ गु्रपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले अष्ट्रेलियाका लागि राइट्स किनेका हुन्।
केही दिनअगाडि निर्माण कम्पनी बाबरी फिल्म्स र वितरण कम्पनी मवेन इन्टरटेनमेन्टबिच कागजी सम्झौता भएको छ। नेपाल रिलिजको १० दिनपछि अष्ट्रेलियामा ‘बाबरी’प्रदर्शन हुने छ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘बाबरी’मा धिरज मगर, अदिती, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल लगायतका कलाकारले अभिनय गरेका छन्। गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी फिल्मका निर्माता हुन्।
84
Shares

प्रतिक्रिया