ad ad

कला


प्रेमगीत-३ सँगको टक्करमा ‘बाबरी’ गीत पहिल्यै हिट, निर्माण पक्ष उत्साहित

प्रेमगीत-३ सँगको टक्करमा ‘बाबरी’ गीत पहिल्यै हिट, निर्माण पक्ष उत्साहित

वाशुदेव मिश्र
असोज १०, २०७९ सोमबार १८:०, पाेखरा

दसैँको छेकोमा हल पाउने फिल्महरु भाग्यमानी मानिन्छन्। फिल्म चल्छ भन्ने आशाले अधिकांश निर्माताहरु प्रदर्शनको लागि त्यही रोज्छन्। भारतमा पनि यही चलन छ। भारतमा तिहार,नयाँवर्ष र इदमा फिल्म रिलिज गर्नेहरु सफल पनि भएका छन्। 

चलचित्र ‘बाबरी’ले पनि त्यही बाटो पच्छ्याएको छ। यही असोज २४ गते शुक्रबार ‘बाबरी’ हलमा लाग्दैछ। सो फिल्मले ऋतिक रोशन र सैफअली खान अभिनित ‘विक्रम वेदा’सँग भने प्रतिस्पर्धा गर्नुपर्नेछ। दसैँलाई नै लक्षित गरि प्रदर्शनमा आएको ‘प्रेमगीत–३’ ले अहिले बक्सअफिसमा कब्जा जमाएको छ। त्यो फिल्म हलबाट नहट्दासम्म बाबरीलाई असजिलो नै हुनेछ भने असोज २१ गते दयाहाङ राई र सौगात मल्ल अभिनित ‘दुई नम्बरी’ प्रदर्शनमा आउँदैछ।  

दसैँको छेकोमा प्रदर्शनमा आउन लागेको ‘बाबरी’को निर्माता टिम भने उत्साहित छ। फिल्मको शीर्षगीत ‘बाबरी’ ले पनि दर्शकलाई हलसम्म तान्ने निर्माण पक्षको दाबी छ।

कालीप्रसाद बास्कोटा, सुजन चापागाईं अनमोल गुरुङको संगीत उम्दा नै देखिएको छ। सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, धिरज नटकरसँगै बादल भट्ट,कमलमणि नेपाल, उर्मिला बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ।

अदिति भारतमा मोडलिङ गरेका कारण चर्चामा छन् भने हाँस्यकलाकार कमलमणिले पनि दर्शकलाई हलसम्म तान्ने क्षमता राख्छन्।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बाबरीका कलाकारहरुले फिल्मको कथा र आफ्नो अभिनय दुवै अब्बल रहेको दाबीमात्रै गरेनन्, सिनेमाले दर्शकलाई निराश नबनाउने बताए।

अदितिले भनिन्,‘बाबरी मेरा लागि दोस्रो चलचित्र हो। यसबाट धेरै अपेक्षा गरेको छु। गीत र ट्रेलर दर्शकले जसरी मन पराउनुभएको छ। आशा छ, फिल्मलाई पनि मन पराउनुहुनेछ।’ 

नेपाली सिनेमामा नारी पात्रलाई अक्सर प्रेमिकाकै रुपमा प्रस्तुत गरिन्छ।अदितिले त्यो कुरा स्वीकारिन्। उनले थपिन्, ‘मेरो भूमिका प्रेमिल तर निडर खालको छ।’ 

‘इन्टुमिन्टु लण्डन’बाट नेपाली फिल्ममा डेब्यू गरेका धिरज मगरले पनि ‘बाबरी’मा आफूले निभाएको सानोकाजीको भूमिका अब्बल रहेको जिकिर गरे। बाबरीमार्फत् नै डेब्यू गरेका कलाकार धीरज नटकरले फिल्मको कथा नै उत्कृष्ट भएको सुनाए।

पोखराको मार्केटिङ सम्हालेका बाबरी प्रोडक्सन टीमका सुरविन वान्तवा राईका अनुसार ‘बाबरी’ हङकङ, जापान,कोरिया,युके लगायतका देशहरुमा समेत प्रदर्शन गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .