ad ad

कला


वर्षा र पुष्पको ‘मनसँग मन’को प्रदर्शन मिति तोकियो

वर्षा र पुष्पको ‘मनसँग मन’को प्रदर्शन मिति तोकियो

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १०:३२, काठमाडौँ

नेपाली फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय भएको छ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म माघ २० गतेदेखि प्रदर्शन हुने भएको हो। 

पुष्प खड्का र वर्षा शिवाकोटीले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्म भारतमा रिलिज गरिएको थियो। 

कैलाश राईले निर्देशन गरेको यो फिल्ममा पुष्प र वर्षाका साथमा बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्तेलगायतका कलाकार पर्दामा देखिनेछन्। नायिका पूजा शर्मा र पल शाह पनि फिल्ममा विशेष भूमिकामा देखिनेछन्। 

अर्जुन पोख्रेल र आगोम गुरुङको संगीत रहेको फिल्ममा कमल राई र रामजी  लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .