ad ad

खेल


विश्वकप खेल्ने उरूग्वेको टिममा सिनियरलाई स्थान, घाइते खेलाडी पनि समावेश

विश्वकप खेल्ने उरूग्वेको टिममा सिनियरलाई स्थान, घाइते खेलाडी पनि समावेश

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १०:३९, काठमाडौँ

स्ट्राइकर लुइस सुआरेज, एडिन्सन काभानीसहित दिग्गज खेलाडीहरू समेट्दै उरूग्वेले कतारमा हुने विश्वकपका लागि टोली घोषणा गरेको छ। प्रशिक्षक डिएगो अलोन्सोले बिहीबार सार्वजनिक गरेको टोलीमा नियमित सदस्यहरुलाई नै आफ्नो टोलीमा समावेश गरेका छन्।

३५ वर्षीय सुआरेज र काभानीले चौथो तथा अन्तिम विश्वकप खेल्ने अपेक्षा गरिएको छ। टोलीका अन्य तीन अनुभवी सदस्यहरूलाई पनि स्थान दिइएको छ। गोलरक्षक फर्नान्डो मुस्लेरा, डिफेन्डर डिएगो गोडिन र मार्टिन कासेरेस पनि कतारमा हुनेछन्। चोटका कारण पछिल्लो समय बार्सिलोनाका खेल गुमाइरहेका डिफेन्डर रोनाल्ड अराउजोलाई पनि अलोन्सोले स्थान दिएका छन्।

उरुग्वे समूह एच मा पोर्चुगल, दक्षिण कोरिया र घानासँगै छ। कतारमा टोलीको पहिलो खेल नोभेम्बर २४ मा दक्षिण कोरियासँग हुनेछ। 

गोलरक्षक : फर्नान्डो मुस्लेरा, सर्जियो रोचेट, सेबास्टियन सोसा 
डिफेन्डर : डिएगो गोडिन, जोसे मारिया गिमेनेज, सेबास्टियन कोट्स, मार्टिन कासेरेस, रोनाल्ड अराउजो, माथियास भिना, माथियास ओलिभेरा, विलियम भेरेला, जोस लुइस रोड्रिगेज 
मिडफिल्डर : म्याथियास भेसिनो, रोड्रिगो बेन्टानकुर, फेडेरिको भालभर्डे, लुकास टोरेरा, म्यानुअल उगार्टे, फाकुन्डो पेलिस्ट्री, निकोलस डेला क्रुज, जिओर्गिन डे अरास्केइटा, अगुस्टिन कानोबिओ र फाकुन्डो टोरेस
फरवार्ड : डार्विन नुनेज, लुइस सुवारेज, एडिन्सन काभानी र म्याक्सिमिलियानो गोमेज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .