कला


पूर्वपतिसँगको तस्बिर सेयर गर्दै भावुक भइन् जेरी

पूर्वपतिसँगको तस्बिर सेयर गर्दै भावुक भइन् जेरी

जेरी फेसबुकमा सेयर गरेको पूर्वपति, बच्चा र आफ्नो तस्बिर


नेपालखबर
पुस ७, २०७९ बिहिबार २०:७, काठमाडौँ

सम्बन्ध विच्छेद भए पनि लोकदोहोरी गायिका बबिता बानियाँ जेरीले पूर्वपतिको माया मार्न सकेकी छैनन्। 

अदालतमा गएर अलग भएको डेढ महिनामै जेरीले फेसबुकमा पूर्वपतिसँगको पुरानो तस्बिर सेयर गर्दै भावुक भएकी हुन्। 

पतिले छोरी बोकेको र आफूसमेत सँगै भएको तस्बिर राख्दै जेरीले लेखेकी छन्, ‘तीतै भए पनि अतीत र सत्य नकार्न सकिँदो रहेनछ।’ 

गत कात्तिक २४ गते काठमाडौं जिल्ला अदालत गएर जेरी र शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए। बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad