कला


ऋचाको खराब समय

ऋचाको खराब समय

नेपालखबर
पुस ८, २०७९ शुक्रबार ८:८, काठमाडौँ

अभिनेत्री ऋचा शर्मा अभिनयमा ठिकठाकै चलेकी थिइन। उनले निर्मात्री बन्ने रहर गरिन्।

आफ्नै लगानीमा ‘सुनकेसरी’ बनाइन। आफैंले अभिनय गरिन्। तर अभिनयमा झैं ठिकठाकको करिअर उनले फिल्म निर्माणमा बनाउन सकिनन्। उनको फिल्म चलेन।

उनको फिल्म चलेन।

उनले उक्त फिल्म निर्माणको समय आफ्नो लागि खराब समय भनेकी छिन्।

ऋचा आफ्नो फिल्म ‘सुनकेसरी’लाई पनि खराब भनेकी छिन्। हरर फिल्म निर्माणमा फल्प भएकी ऋचाको अर्को फिल्म ‘चि मुसी चि’ प्रदर्शनको तयारीमा छ। नयाँ फिल्म प्रचारका क्रममा आफ्नो फिल्म खराब र फिल्म निर्माणको समय गलत भनेकी हुन्।

उनले आफूले बनाउन खोजेको फिल्म ‘चि मुसी चि’ जस्तो रहेको पनि उल्लेख गरेकी छिन्। भन्छिन् ‘हरर फिल्म भन्ने बित्तिकै सुनकेशरीको नाम आइहाल्छ।

हामीले बनाउन खोजेको चि मुसी चि थियो, तर सुनकेशरी जस्तो फिल्म बन्यो। सुनकेशरी एउटा खराब फिल्म बन्यो। तर, पनि जीवनमा सिक्ने हो। मैले धेरै कुरा सिक्ने मौका पाएकी छु।’

ऋचाले ‘सुनकेसरी’ फिल्मलाई लिएर उद्योगमा थुप्रै आलोचना खेप्नु पर्यो। दर्शकबाट पाएका सबै प्रतिकृयालाई स्विकार गरेको बताउँदै त्यहि फिल्मको भरपाइको रुपमा ‘चि मुसी चि’ लाई लिन आग्रह गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .