कला


फेरियो साम्राज्ञीको विश्वास

फेरियो साम्राज्ञीको विश्वास

साम्राज्ञी राज्यलक्ष्मी शाह


नेपालखबर
पुस २७, २०७९ बुधबार ९:१, काठमाडौँ

नेपाली फिल्म उद्योगमा थोरै फिल्म खेलेर पनि स्थापित भएकी अभिनेत्री हुन् - साम्राज्ञी राज्यलक्ष्मी शाह। फिल्म ‘ड्रिम्स’बाट रजतपटमा डेब्यु गरेकी साम्राज्ञीले पहिलो फिल्मबाटै सफलताको स्वाद चाख्न पाइन्। त्यसयता उनले केही फिल्ममा अभिनय गरिन्। केही औसत, केही सफल त केही असफल पनि भए। तर साम्राज्ञीको क्रेज बेग्लै छ - फिल्म उद्योगमा। 

फिल्म सफल हुँदै गर्दा पनि साम्राज्ञीको अभिनय क्षमताबारे बारम्बार प्रश्न गठ्ने गरेको थियो। उनको अभिनयलाई कमजोर भन्ने गरिएको थियो। तर अब उनको अभिनयमा पनि परिपक्वता देखिएको छ। 

यही पुस २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तिम्रो मेरो साथ’सम्म आइपुग्दा उनले अभिनयमा लामो फड्को मारेकी छन्। फिल्मी यात्राको यो दौरानमा साम्राज्ञीले दर्जन फिल्ममा काम गरिन्। फिल्मको संख्यासँगै उनको आनीबानी पनि फेरिएको छ। जीवनमै परिपक्व देखिएको साम्राज्ञीको परिपक्वता भने फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर रिलिज कार्यक्रममा देखिएको थियो।

मिडियाप्रति भरोसा नगर्ने साम्राज्ञीको विश्वास फेरिएको छ। उनी मिडियाप्रति निकै आशावादी देखिन्थिन्। उनले मिडियामा आउने समाचार र हेडलाइनबारे भनिन्, ‘राम्रो फिल्म बन्यो भने त मिडियाले पनि नराम्रो लेख्दैन नि! यसैले सबैभन्दा पहिले त फिल्म नै राम्रो बन्नुपर्छ।’

एकताका साम्राज्ञी मिडियासँग निकै भड्किएकी थिइन्। उनले समाचारजस्तो भए पनि टाइटल जे पायो त्यही राख्ने भनेर मिडियाको आलोचना गरेकी थिइन्। आफ्नो स्टारडममा विश्वास गर्ने साम्राज्ञी हिजोआज कथावस्तुप्रति विश्वास गर्ने भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .