ad ad

कला


वर्षा शिवाकोटी स्टारर ‘ए साथी सुन’को पोस्टर र प्रदर्शन मिति सार्वजनिक

वर्षा शिवाकोटी स्टारर ‘ए साथी सुन’को पोस्टर र प्रदर्शन मिति सार्वजनिक

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार २१:१५, काठमाडौँ

वर्षा शिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज डेट सार्वजनिक गरेको छ। सार्वजनिक भएका दुई पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ।

यो फिल्म चैत १० गते रिलिज हुने भएको छ। लभस्टोरी, थ्रिलर र कमेडी जानराको फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायत कलाकारको अभिनय छ। कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा छन्। 

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन्। सह–निर्मातामा सुदीप पौडेल छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .