अभिनेत्री नम्रता श्रेष्ठ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सल्लाहकारमा मनोनयन भएकी छन्। निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै नम्रतालाई सल्लाहकार बनाइएको जानकारी दिएको हो।
महोत्सवका क्रममा हुने रचनात्मक कार्यक्रममा नम्रताले सल्लाहकारका रुपमा सहभागिता जनाउने उल्लेख गरिएको छ।
२०६५ सालमा अभिनय यात्रा थालेकी नम्रता नेपाली फिल्म उद्योगकी स्थापित कलाकार हुन्। नम्रतालाई अभिनयमा विविधता भएकी अभिनेत्रीका रुपमा चित्रण गरिन्छ।
चैत २ देखि ६ गतेसम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ। निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह छन् भने सदस्यहरुमा अभिनेता सुनिल थापा, निर्देशक छिरिङरितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार छन्।
Shares
प्रतिक्रिया