कला


प्रीति जिन्टाकी छोरीलाई जबर्जस्ती चुम्बन गरेपछि ...

प्रीति जिन्टाकी छोरीलाई जबर्जस्ती चुम्बन गरेपछि ...

नेपालखबर
चैत २७, २०७९ सोमबार १२:१, काठमाडौँ

भारतीय अभिनेत्री प्रीति जिन्टा अहिले तनावमा छिन्। उनले इन्स्टाग्राममार्फत आफ्नो जीवनका दुई घटना सार्वजनिक गरेकी छिन्। 

प्रीतिले एक महिलाले आफ्नी नवजात छोरीको तस्बिर खिचेर जबर्जस्ती चुम्बन गरेको कुराले आफूलाई तनाव दिएको बताएकी छिन्। 

दोस्रो घटनाको स्मरण गर्दै उनले ह्विलचेयरमा बसेका एक व्यक्तिले जबर्जस्ती रोक्न खोजेको र पैसा मागेको उल्लेख गरेकी छिन्। 

प्रीति जिन्टाका अनुसार एक महिलाले उनकी छोरी जियाको तस्बिर लिन चाहन्थिन् तर उनले अस्वीकार गरिन्। अचानक ती महिलाले छोरीलाई काखमा लिएर मुखमा चुम्बन गरिन्।

यो घटना उनकी छोरी बगैँचामा खेलिरहेका बेला भएको हो। प्रीतिले आफूलाई यो कुराले निक्कै नराम्रो लागेको बताएकी छिन्।

प्रीतिले बच्चाहरूको गोपनीयता उल्लंघन हुन नहुने र बच्चाहरू ‘प्याकेज सम्झौता’को हिस्सा नभएको पनि उल्लेख गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .