नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले ‘चिठ्ठी प्रतियोगिता’को आयोजना गरेको छ। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आफ्ना बुवाको लागि चिठ्ठी लेखेर भिडिओमा बनाउन आव्हान गरेको हो। विजेताहरूले आर्कषक मोबाइल फोन पुरस्कार पाउनेछन्।
निर्माण टिमले जेठ ३ गतेबाट २२ गतेसम्म पठाइएका भिडियोलाई प्रतियोगितामा सहभागी गर्नेछ। साथै हरेक प्रतियोगीले चिठ्ठी प्रतियोगिताको भिडिओमा अनिवार्य रुपमा सिनेमाको नाम र प्रदर्शन मिति राख्नुपर्ने सर्त राखेको छ। त्यसैगरि, भिडियो निर्माण कम्पनि बाँसुरी फिल्मस्को पेजमा ट्याग गर्नुका साथै बाँसुरी फिल्मस्को युट्युब च्यानल सब्सक्राइभ गरेको हुनु पर्नेछ।
यो प्रतियोगितमा प्रथम हुनेले ‘होनोर एक्सनाइनबी’, दोस्रो हुनेले ‘होनोर एक्सएटबी’ र तेस्रो हुनेले ‘होनोर एक्ससेभेनबी’ पुरस्कार हात पार्नेछन्। प्रतियोगीले निर्माण गरेको चिठ्ठी भिडिओ सिनेमाको आधिकारिक इमेल पठाउनु पर्नेछ ।
दयाहाङ राई,पशुपति राई र प्रसान राईको मुख्य भूमिका रहेको यो फिल्म जेठ २५ गते रिलिज हुँदै छ। टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको फिल्मको पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा गरेका छन्। अमोद राई र निर्देशक सुब्बा फिल्मको निर्माता हुन्।
Shares

प्रतिक्रिया