कला


‘फर्की फर्की’ बाट डेब्यु गर्न लागेका रवि भन्छन्: फिल्मभित्र अनमोललाई सम्हाल्ने चरित्र छ

‘फर्की फर्की’ बाट डेब्यु गर्न लागेका रवि भन्छन्: फिल्मभित्र अनमोललाई सम्हाल्ने चरित्र छ

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १२:३९, काठमाडौँ

जेठ १० गतेबाट प्रदर्शन हुने फिल्म ‘फर्की फर्की’ मा रवि काफ्ले डेब्यु गर्नेछन्। पेशागत रुपमा इञ्जिनियर काफ्ले फिल्ममा अनमोल केसीको साथीको भूमिकामा देखिँदैछन् ।

रवि साथी दिनेश सुवेदीमार्फत निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङको सम्पर्कमा आएका हुन्। अडिसन दिएपछि उनी फर्की फर्फीमा छानिएका हुन्।

‘म पेशाले इञ्जिनियर भए पनि सन् २०१७ देखि हामीले विज्ञापन कम्पनी सुरु गरेका थियौँ। त्यो कम्पनीमा म क्रिएटिभ डिपार्टमा काम गर्थेँ। बाल्यकालदेखि नै फिल्मप्रति रुची थियो। कम्पनीमार्फत नै बनाइएका म्युजिक भिडियोमा पनि अभिनय गरें। विज्ञापन कम्पनीमा जोडिएपछि अभिनयदेखि अन्य प्राविधिक विषयमा ज्ञान लिएँ। जसले गर्दा फिल्ममा काम गर्न सजिलो भयो,’ उनले भने।

डेब्यु फिल्ममै अनमोलसँग स्क्रिन सेयर गर्न पाउँदा दंग छन् रवि। फिल्ममा उनको चरित्र मिलनसार, कसैलाई गलत नगर्ने र कोहीले गलत गर्न खोज्न भने उसलाई सम्झाउने खालको छ।

‘फिल्ममा म्याडी पात्र अर्थात अनमोललाई सम्हाल्ने चरित्र छ। अनमोलसँग स्क्रिन शेयर गर्न पाउँदा खुशी छु । फिल्ममा अभिनय गर्ने इच्छा थियो। तर सुरुमै स्थापित नामसँग स्क्रिन शेयर गर्दा पाउँदा झन बढी खुशी छु’, उनले भने।

सुरुमा अनमोलसँग काम गर्दा केही नर्भस महसुस गरेको उनी बताउँछन्। ‘अनमोल उद्योगमा ठूलो नाम हो। ऊसँग स्क्रिन शेयर गर्न पाउँदा नर्भस थिएँ। किनकी स्थापित नामसँग एउटा सम्मान हुन्छ। उसमा अनुभव हुन्छ। केही कुरा सिक्न पाउछु भन्ने हुन्छ’, रवी भन्छन्, ‘फिल्मका चारै जना कलाकार सहयोगी भावना भएकाले एकअर्कालाई बुझ्ने, हाँसो ठट्टा गर्ने, रमाइलो गर्ने भएपछि सजिलो भयो। फिल्ममा अनमोलको सपोर्टले पनि ममा भएको नर्भस हरायो। हामी फिल्मको दृश्य सुटिङ अघि छलफल गथ्र्यौ।’

आफूले अनमोलका फिल्म ‘कृ’, ‘जेरी’, ‘क्याप्टेन’, ‘ए मेरो हजुर ३’ हेरेका सुनाउँछन् उनी।

डेब्यु फिल्मको रिलिज मिति नजिकिएसँगै उनी उत्साहितका साथै नर्भस छन्। रवीको बुझाईमा ‘फर्की फर्की’ युवाहरुको कथा हो। मित्रतामा कतिपय कुराहरु अव्यक्त हुने भएकाले त्यो भावनालाई खोज्ने माध्यम नै यो फिल्म रहेको रवीको भनाई छ। साथै सबैखाले दर्शकहरूले फिल्मका हरेक पात्रसँग रिलेट गर्ने दाबी छ उनको। 

सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माता रोहित अधिकारी हुन्। यस फिल्ममा अनमोल र रविसहित जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत र समृद्धि अर्याललगायतको अभिनय छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad