कम्पनीको नयाँ नीतिअनुसार मासिक ८ डलर नतिर्ने प्रयोगकर्ताको ‘ब्लु टिक’ ट्विटरले शुक्रबारदेखि हटाउन थालेको छ।
एलन मस्कको प्रविधि कम्पनी ट्विटरले ८ डलर नतिर्नेको ‘ब्लु टिक’ खोस्दा कयौँ सेलिब्रिटीदेखि सामाजिक संस्था र सञ्चारमाध्यम पनि प्रभावित भएका छन्।
ट्विटरले कयौँ ठूला सेलिब्रिटीहरुको पनि ‘ब्लु टिक’ हटाउँदा बलिउड अभिनेता अमिताभ बच्चन पनि प्रभावित भएका छन्।
‘ब्लु टिक’ खोसिनेको सूचीमा बलिउडतर्फ अमिताभ बच्चन, सलमान खान, शाहरुख खान र अक्षय कुमार जस्ता कयौँ सुपर स्टार पनि छन्।
बलिउडमा बिग बीका नाममा परिचित अमिताभ ट्विटरमा धेरै सक्रिय हुने सेलिब्रिटी हुन्। उनी ट्विटरमा लागतार आफ्ना विचार राखिरहेका हुन्छन्।
— Amitabh Bachchan (@SrBachchan) April 21, 2023T 4623 - ए twitter भइया ! सुन रहे हैं ? अब तो पैसा भी भर दिये हैं हम ... तो उ जो नील कमल ✔️ होत है ना, हमार नाम के आगे, उ तो वापस लगाय दें भैया , ताकि लोग जान जायें की हम ही हैं - Amitabh Bachchan .. हाथ तो जोड़ लिये रहे हम । अब का, गोड़वा 👣जोड़े पड़ी का ??
बेला बेला उनीकविता पनि सेयर गगर्छन्। ट्विटरमा सक्रिय भइरहने उनले शुक्रबार गरेको एउटा ट्विट अहिले भाइरल भइरहेको छ।
एलन मस्कले एक महिनाअघिनै ‘ब्लु टिक’का लागि पैसा तिर्नुपर्ने बताइसकेका छन्। यस्तोम जस जसले डलर तिरेका छन् उनीहरुको ‘ब्लु टिक’ यथावत छ।
तर पैसा तिरेर पनि आफ्नो ‘ब्लु टिक’ खोसिएको भन्दै अमिताभले भने ट्विटरसँग गुनासो गरेका छन्।
'ए ट्विटर भाइ। सुनिरहेका छौँ? अब त पैसा पनि पठाइदिइसकेँ मैले... त्यसैले जुन निल कमल हुन्छ नि, हाम्रो नामअगाडि, त्यो त अब फिर्ता गरेर लगाइदेऊ भाइ, ताकि मानिसले मलाई म नै अमिताभ बच्चन हो भन्ने चिनुन्। हात पनि जोडिरहेको छु तिम्रासामु। अब अझै खुट्टा पनि जोड्नुपर्ने हो र?'
अमिताभ बच्चनको यो व्यंग्यसहितको ट्विट प्रयोगकर्ताहरुले बहुतै मन पराएर सेयर गरिरहेका छन्।
बलिउडमा ‘ब्लु टिक’ हट्नेहरुको सूचीमा शाहरुख खान, सलमान खान, अमिताभ बच्चन, आलिया भट्ट, अभिषेक बच्चन, ऋतिक रोशन, बिपाशा बसु, अर्जुन रामपाल, अनुष्का शर्मा र फराह खानसहित कयौँ स्टार छन्।
बलिउडमा अहिले पनि अनुपम खेर र सोनम कपुरको ‘ब्लु टिक’ कायमै छ। त्यस्तै दक्षिण भारतमा सू्र्या, महेश बाबु, जुनियर एनटीआर, एसएस राजामौली, नागार्जुन अक्किनेनी, राणा दग्गुबती जस्ता कलाकारको ‘ब्लु टिक’ यथावत छ।
Shares

प्रतिक्रिया