बलिउड स्टार सलमान खान पछिल्लो समय फिल्म ‘किसी का भाइ किसीकी जान’का कारण चर्चामा छन्।
उनी यसै साता एक कार्यक्रममा सहभागी हुन दुबई पुगे। उक्त कार्यक्रमका क्रममा उनलाई एक युवतीले सार्वजनिक रुपमै विवाहको प्रस्ताव राखेकी छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा सलमान हजारौंको भिडमा स्टेजमा देखिएका छन्।।
यस क्रममा उनी फ्यानसँग सेल्फी खिचिरहेको देखिन्छ। त्यसपछि एक महिला फ्यानले ‘सलमान, मसँग बिहे गर’ भन्दै चिच्याइन्।
जवाफमा सलमानले भनेका छन्, ‘अब उनीहरुसँग गर।’
त्यसपछि त्यहाँ उपस्थित एक महिला कराइन्, ‘शादी नही करनी, सलमान (बिहे नगर्नू सलमान)!’
यसमा प्रतिक्रिया दिँदै भाइजानले ‘बिल्कुल सही’ (एकदम ठीक) भनेका छन्।
105
Shares

प्रतिक्रिया