अभिनेत्री स्वस्तिमा खड्कालाई यो वर्षसँग विशेष आश छ। यो वर्ष उनका ३ फिल्म प्रदर्शनको तयारीमा छन्।
आफूलाई फरक रुपमा प्रस्तुत गर्न रुचाउने स्वस्तिमाका पछिल्ला केही फिल्म व्यवसायिक रुपमा सफल भए। त्यसैले पनि यो वर्ष उनका लागि विशेष बन्ने धेरैको आकलन छ।
स्वस्तिमा अभिनित फिल्म ‘अैंचो पैैँचो’ भदौमा रिलिज हुँदैछ। कृषा चौलागाईले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमाको सहयात्रीका रुपमा वर्षा राउत र मुकुन भुषाल देखिने छन्। मुकुन र स्वस्तिमाको पहिलो सहयात्रा ‘बुलबुल’मा हिट भएको थियो।
अर्को फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’को निर्माण घोषणाबाटै चर्चामा छ। दिपन्द्र के खनालले निर्देशन गरेको यो फिल्म दसैँमा रिलिज हुँदैछ। फिल्ममा स्वस्तिमा विशेष भूमिकामा देखिनेछिन्।
निर्देशक निश्चल बस्नेतको निर्देशनमा स्वस्तिमा पहिलो पटक पर्दामा देखिने तयारीमा छिन्। रिलिज मिति तय नभएको ‘दिमाग खराब’ले स्वस्तिमाको दिमाग कस्तो बनाउने हो हेर्न बाँकी छ।
यो फिल्ममा स्वस्तिमासँग दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारले अभिनय गर्ने छन्। स्वस्तिमा भने यो वर्ष हिट फिल्म दिने तयारीमा छिन्।
Shares

प्रतिक्रिया