कला


हार खाएर गायनबाट पलायन हुन चाहन्थे पंकज उदास

हार खाएर गायनबाट पलायन हुन चाहन्थे पंकज उदास

नेपालखबर
जेठ ३, २०८० बुधबार १५:५, काठमाडौँ

पंकज उदास गजल र प्रेमका लागि भारतमा प्रिय नाम हो। ‘चिट्ठी आयी है’ उनको करियरको उत्कृष्ट गजल मध्ये एक हो। तर सुरुमा उनी गाउन चाहँदैनथे। जब उनले यो गजल गाए सुनेर राज कपुर रोएका थिए।

पंकज उदासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो। उनी ३ भाइ मध्येका कान्छा थिए। उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको बासिन्दा थियो। उनका हजुरबुवा जमिन्दार थिए र भावनगर राज्यका दिवान पनि थिए। उनका बुबा केशुभाई उदास सरकारी कर्मचारी थिए।

उनलाई सानैबाट इसराज खेल्नमा रुची थियो। त्यतिखेर उनकी आमा जितुबेन उदासलाई गीतमा निकै रुची थियो। आमाको त्यहि गीतप्रतिको रुचीले पंकज संगीतमा झुकाव राख्थे।
गीतको बदलामा ५१ रुपैयाँ पाए

पंकजले गीत गाएर करियर बनाउने सोचेका थिएनन्। त्यसबेला भारत र चीनबीच युद्ध चलिरहेको थियो। यसै क्रममा लता मंगेशकरको गीत ‘ए मेरे वतन के लोगों’ रिलिज भएको थियो। पंकजलाई यो गीत निकै मन पर्यो। उनले एउटै लय र धुनमा कसैको सहयोग बिना नै यो गीत बनाएका हुन्।

एक दिन विद्यालयका प्रिन्सिपलले उनी गायनमा अब्बल रहेको थाहा पाएपछि उनलाई विद्यालयको प्रार्थना टोलीको प्रमुख बनाइदिए।

एक पटक आफ्नो बस्तीमा माता रानीको भजन भइरहेको थियो। राती आरती भजनपछि सांस्कृतिक कार्यक्रम हुन्थ्यो। त्यस दिन पंकजको स्कुल शिक्षक आए र उनले पंकजलाई सांस्कृतिक कार्यक्रममा गीत गाउन अनुरोध गरे।

पंकजले ‘ए मेरे वतन के लोग’ गीत गाएका थिए। उनको गीतले त्यहाँ बसेका सबैका आँखा रसाए। उनले धेरै ताली पनि पाए। दर्शकबाट एकजना मानिस उठेर ताली बजाए र उनलाई ५१ रुपैयाँ पुरस्कार दिए।

पंकजका भाइ मनहर र निर्जल उदास दुवै संगीत क्षेत्रका चर्चित नाम हुन्। यो घटनापछि अभिभावकलाई पंकजले पनि आफ्ना दाजुभाइ जस्तै संगीत क्षेत्रमा केही राम्रो गर्न सक्छन् भन्ने लागेको थियो, त्यसपछि अभिभावकले उनलाई राजकोटको म्युजिक एकेडेमीमा भर्ना गराए।

काम नपाएर दुःखी
त्यहाँको पाठ्यक्रम पूरा गरेपछि उनी ठूला स्टेज शोमा प्रस्तुती दिन चाहान्थे। उनी बलिउडमा दाजुभाइ जस्तै स्थान बनाउन चाहन्थे। यसका लागि उनले ४ वर्ष लामो संघर्ष गरे। यस अवधिमा उनले कुनै ठूलो काम पाएनन्।

उनले कामना फिल्ममा एउटा गीतमा स्वर दिएका थिए तर त्यो फिल्म फ्लप भयो जसका कारण उनले पनि खास लोकप्रियता पाउन सकेनन्। काम नपाएकोमा दुःखी भएर विदेश जाने निर्णय गरे।

पंकजले गायन कलाबाट विदेशमा निकै चर्चा कमाए। यहि समय अभिनेता तथा निर्माता राजेन्द्र कुमार उनको गीत सुनेर निकै प्रभावित भए। पंकजले फिल्मका लागि गीत गाउन् र क्यामियो पनि गरुन् भन्ने उनको चाहना थियो। यसका लागि उनका सहायकले पंकजसँग कुरा गरे तर उनले मानेनन्।

राजेन्द्र कुमारले आफ्नो भाइ मनहरलाई पंकजको कुरा सुनाए। मनहरले पंकजको कुरा सुनेर दुःखी भए। राजेन्द्रकुमारका सहायकलाई बोलाएर बैठक बसाए। यही भेटपछि उनले गजल ‘चिठ्ठी आयी है’मा स्वर दिए। यो गजल उनको करियरको उत्कृष्ट गजल मध्ये एक हो। यस गजलको सम्पादन डेभिड धवनले गरेका हुन्।

‘चिठ्ठी आयी है’ गीत सुनेर राज कपूर रोए
राजेन्द्र कुमार र राज कपूर निकै मिल्ने साथी थिए। एक दिन उनले राज कपूरलाई आफ्नो घरमा डिनरको लागि बोलाए। डिनरपछि पंकजले राजलाई गजल सुनाए र उनी रोए। बिस्तारै पंकजलाई गजल गायनसँग प्रेम भयो। उनले थुप्रै गजलमा आवाज भरे। ती गजल आज पनि लोकप्रिय छन्।

११ फेब्रुअरी १९८२ मा उनले फरीदासँग विवाह गरे। यी दुईको भेट साथीको विवाहमा भएको थियो। पंकजले फरिदालाई पहिलो नजरमा मन पराएका थिए।

त्यतिबेला उनी ग्रेजुएशन गरिरहेका थिए र फरिदा एयर होस्टेस थिइन्। पहिले मित्रता थियो, त्यसपछि प्रेम। दुवै विवाह गर्न चाहन्थे। पंकजको परिवारलाई यो सम्बन्धमा कुनै आपत्ति थिएन।

जब फरिदाले आफ्नो परिवारलाई यो सम्बन्धको बारेमा बताइन्, उनीहरूले यो सम्बन्धलाई स्वीकार गरेनन्। आफ्नी छोरीको अर्को धर्ममा बिहे गराउन चाहँदैनथे।

फरिदाको आग्रहमा पंकज उनको घर गएर बुवासँगको सम्बन्धको बारेमा कुरा गरे। फरिदाका बुबा रिटायर्ड पुलिस अफिसर थिए, पंकज यस कारण धेरै डराएका थिए तर उनले आफ्नो शब्दले उनको मन जितेका थिए।

फरिदाका बुबाले उनीहरुको विवाह गर्न राजी भए। त्यसपछि दुवैले विवाह गरे। दुवैका दुई छोरी नायब र रेवा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .